२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

६ महिनापछि २९ सय विन्दुमा पुग्यो नेप्से परिसूचक, तीन घन्टामै ६ अर्बको कारोबार


सञ्चार डबली
  • सोमबार, फागुन १९ २०८१
  • 7.1K
    SHARES

  • images
    ६ महिनापछि २९ सय विन्दुमा पुग्यो नेप्से परिसूचक, तीन घन्टामै ६ अर्बको कारोबार


    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंकले बढेर २९११.५५ विन्दुमा पुगेको छ ।यसअघि २०७८ भदौमा र गत ०८१ भदौमा २९ सय पुगेको थियो । मौद्रिक नीतिमा नीतिगत सुधार भएसँगै सेयर बजारमा उछाल आएको छ । 

    राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको सेयर मूल्य उचालिएको छ ।

    कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend