२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंक प्रतिष्ठित 'the HRM Awards for Corporate Excellence 2024' अवार्डबाट सम्मानित


सञ्चार डबली
  • बिहीबार , फागुन १५ २०८१
  • 5.3K
    SHARES

  • images
    गरिमा विकास बैंक प्रतिष्ठित 'the HRM Awards for Corporate Excellence 2024' अवार्डबाट सम्मानित

    बिहिवार, फागुन १५ २०८१

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित 'the HRM Awards for Corporate Excellence 2024' अवार्डबाट सम्मानित भएको छ ।

    कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको सो अवार्ड समारोहमा गरिमा विकास बैंकलाई 'Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company'  विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

    यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएको सो समारोह गृमन्त्री रमेश लेखकको उपस्थितिमा सम्पन्न भएको थियो । फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रहनु भई हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) थिए ।

    सो उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु-याएको बैंकको भनाइ छ ।  “आगामी दिनहरूमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप बल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको छ,” बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस खुसीको अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, सेयरधनी महानुभावहरू, सरोकारवालाहरू, नियमनकारी निकायहरू एवं शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।” 

    हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend