२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पूर्वराष्ट्रपतिको सामाजिक सक्रियता स्वाभाविक : शंकर पोखरेल


सञ्चार डबली
  • शनिबार, फागुन ३ २०८१
  • 5.1K
    SHARES

  • images
    पूर्वराष्ट्रपतिको सामाजिक सक्रियता स्वाभाविक : शंकर पोखरेल

    काठमाडौं, फागुन ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने दाबी गरेका छन् । 

    शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले सबै राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिकलगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै उनले सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने दाबी गरे । 

    महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनीतिक दलको सहमति हुने जिकिर गरे । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयमा छलफल गरेर अघि बढ्ने बताए । त्यस्तै, महासचिव पोखरेलले सबै राजनीतिक दलको सहमतिमा नै संविधान संशोधन गरिने स्पष्ट पारे । 

    फरक प्रसंगमा एमाले महासचिव पोखरेलले पूर्वराष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिलेसम्म राजनीतिक सहभागिताबारे निर्णय गरिनसकेको धारणा राखे ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चाका बीच एमाले महासचिवको यस्तो धारणा आएको हो । भण्डारी एमालेमा फर्कन हुने कि नहुने भन्नेमा एमालेभित्रै दुईथरी मत छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend