२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज चार ओटा प्रदेशमा बदलीको सम्भावना, सोमबारसम्म देशभरको मौसम कस्तो रहला ?


सञ्चार डबली
  • शनिबार, माघ २६ २०८१
  • 6.1K
    SHARES

  • images
    आज चार ओटा प्रदेशमा बदलीको सम्भावना, सोमबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ, माघ २६ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराईका भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

    शनिबार कोशी प्रदेशलगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    आइतबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। 

    यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend