२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 घट्यो सेयर बजार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता


सञ्चार डबली
  • बिहीबार , माघ २४ २०८१
  • 5.4K
    SHARES

  • images
     घट्यो सेयर बजार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

    काठमाडौं ।  आज सेयर बजार परिसूचक (नेप्से) ११.६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो । आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । फाइनान्स उपसमूह भने १.५८ प्रतिशतले बढ्यो । यस उपसमूहका रहेकामध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

    आज कुल १६० कम्पनीको मूल्य घट्यो । ७४ कम्पनीको बढ्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । बिहीबार माथिल्लो लोहोरे खोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी उपकार लघुवित्त र कर्पोरेट डेभलप्मेन्ट बैंकको मूल्यमा १० प्रतिशतको गिरावट आयो । 

    बिहीबार समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार चाहिँ ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend