२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने लक्ष्य


सञ्चार डबली
  • आइतबार, माघ २० २०८१
  • 8.6K
    SHARES

  • images
    क्यान इन्फोटेक माघ २४ गतेदेखि, तीन लाख जनाले अवलोकन गर्ने लक्ष्य

    आइतवार, माघ २० २०८१
    काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेकको ३० औ संस्करण पाँच दिनसम्म चल्न लागेको हो ।

    सो अवसरमा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको छ ।

    ३० औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन एचएमसी हिक्सेमी र सह प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् ।प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा.लि., म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाई–टेक इन्जिनियरिङ प्रालि (डिजिकम), सुबिसु केबलनेट प्रालि लगायतका संस्थाले सहयोग गरेका छन् ।

    नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यस पटक क्यान इन्फोटेक २०२५ मा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ ।

    क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू.१०० र विद्यार्थीका लागि रू. ५० शुल्क तोकिएको छ ।

    जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था छ ।

    गत माघ १ गतेदेखि बुकिङ्ग खुल्ला गरिएको क्यान इन्फोटेक २०२५ मा ९० प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ भने करिब साढे तीन लाख अवलोकनकर्ताले यसको अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend