२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने, काठमाडौंमा अपराह्नपछि वर्षा


सञ्चार डबली
  • शुक्रबार, असार १ २०८०
  • 11.8K
    SHARES

  • images
    आज मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने, काठमाडौंमा अपराह्नपछि वर्षा

    काठमाडौं – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अपराह्नपछि काठमाडौंमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “काठमाडौंमा आज आंशिक बदली रहनेछ । र, अपराह्नपछि क्षणिक वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सञ्जिव अधिकारीले भने । 

    बुधबार नेपाल प्रवेश गरेको मनसुन प्रणाली अहिलेसम्म गण्डकी प्रदेशको सेरेफेरोमा मात्रै पुगेको छ । त्यसबाट पश्चिमी भू–भागमा मनसुन फैलिन ससकेको छैन । मौसमविद् सञ्जिव अधिकारीका अनुसार देशभर मनसुन फैलिन अझै केही दिन लाग्नेछ । 

    राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend