२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार भाउ


सञ्चार डबली
  • आइतबार, कात्तिक २५ २०८१
  • 6.6K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार भाउ


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यअनुसार आज केही हरियो तरकारी र फलफूलको भाउ बढेको छ । गोलभेडाको भाउ आज एकैदिन प्रतिकेजी ४७ रुपैयाँ ५० पैसाले बढेको हो । 

    शनिबार प्रतिकेजी ७५ रुपैयाँ रहेको टनेल गोलभेडाको भाउ बढेर आज १२२ रुपैयाँ ५० पैसा पुगेको छ भने भारतीय ठूलो गोलभेडा ९८ रुपैयाँ ७५ पैसा र सानो लोकल गोलभेडा ९८ रुपैयाँ पुगेको छ । 

    यसैगरी, सुकेको प्याजको भाउ प्रतिकेजी १२३ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३० रुपैयाँ, स्थानीय काउली १२८ रुपैयाँ ७५ पैसा, रातो मूला ३५ रुपैयाँ, हाइब्रीड सेतो मूला २५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, सिमी ७० रुपैयाँ, करेला ८५ रुपैयाँ, परवर र घिरौला प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, सखरखण्ड प्रतिकेजी ८५ रुपैयाँ, बरेला २५ रुपैयाँ, पिंडालू र हाइब्रीड काक्रो ७५ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ, डल्ले च्याउ २९३ रुपैयाँ ३३ पैसा बुलेट खुर्सानी, लाकेलक काक्रो १२१ रुपैयाँ २५ पैसा, कागती १९० रुपैयाँ र चुकुन्दर ९५ रुपैयाँ र ब्रोकाउली १४५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend