२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

होण्डा नेपालको चाडपर्व योजना अन्तर्गत ४ जनाले जिते जनही १/१ लाख नगद पुरस्कार


सञ्चार डबली
  • आइतबार, असोज २० २०८१
  • 8.1K
    SHARES

  • images
    होण्डा नेपालको चाडपर्व योजना अन्तर्गत ४ जनाले जिते जनही १/१ लाख नगद पुरस्कार

    २०८१ असोज १९ गते

    काठमाडौं - होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत ४ जना ग्राहकले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

    स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेतामा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन्।

    दशैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो । यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् ।

    होण्डाका दुईपांग्रे सवारी खरिदमा इजी फाइनान्स पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend