२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 तीन सातादेखि बेपत्ता अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक


सञ्चार डबली
  • शनिबार, भदौ २९ २०८१
  • 8.0K
    SHARES

  • images
     तीन सातादेखि बेपत्ता अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक


    काठमाडौं । अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसकेको हो ।

    उनीसँगै सम्पर्कविहीन भएका ३७ वर्षीय इरिकका शव दुई दिनपछि स्थानीय भुरुङदी खोलामा फेला परे पनि मोलासको अवस्था अझैसम्म यकिन हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बताए ।

    घटनापछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले विरेठाँटीदेखि घटनास्थल मौजाखोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो । “पर्यटक हराएको दिनदेखि नै हामीले नदी किनार तथा अन्य आशङ्का गरिएको स्थानमा खोजी जारी राखेका छौँ तर केही जानकारी हुन सकेको छैन”, गुरुङले भने ।

    एक्यापको विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेकाले पर्यटक हराएको जानकारी त्यस क्षेत्रका होटलव्यवसायी, स्थानीय पालिका, जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीलाई जानकारी गराइए पनि फेला नपरेको गुरुङले बताए ।

    बाटोमा बेवारिस अवस्थामा दुई वटा झोला फेला परेपछि पर्यटक हराएको पुष्टि भएको थियो । पदयात्रा मार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक चिप्लियर खोलामा खसेको अनुमानसहित खोजी गरिएकामा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक (लौरी) भेटिएको थियो ।

    पदयात्रामा जाँदा पथप्रदर्शक नलिइकन जाँदा पर्यटक हराउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्ट्स एशोसिएशन नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गाइडविना गएका पर्यटक पदयात्रामा हराउने, दुर्घटनामा पर्ने तथा दुःख पाउने गरेको बताए ।

    “नेपाली सहयोगी वा गाइडविना विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम छ । तर सो नियमको पालना नहुँदा समस्या पर्ने गरेको छ,” आचार्यले भने । पदयात्रामा हराएका स्पेनिस पर्यटकले नेपाली सहयोगी लगेका थिएनन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend