२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पन्च इभीको पूर्व यात्रा, अब रिजनल लन्च मधेश प्रदेशमा गरिदै


सञ्चार डबली
  • बिहीबार , भदौ २७ २०८१
  • 6.7K
    SHARES

  • images
    पन्च इभीको पूर्व यात्रा, अब रिजनल लन्च मधेश प्रदेशमा गरिदै

    बिहिवार, भदौ २७ २०८१
    टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा।लि।ले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । बिर्तामोडस्थित अलास्का अटोमोवाइल र बिराटनगरस्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको हो । साथै सोही कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।

    सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरूको सहभागिता रहेको थियो । पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरू पन्च इभीको प्रतीक्षा गरिरहनु भएको र लन्च कार्यक्रममा ग्राहकहरूलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरू उत्साहित भएको कुरा अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

    साथै, गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए । पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ । टाटा पन्च इभीको शुरूवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो ।

    पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू भ्वाइस एसिस्टेड सनरूफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो - एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ ।

    पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी GNCAP मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend