२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

टानको नयाँ कार्यसमिति निर्वाचन : सागर पाण्डे समूहद्वारा प्यानलसहित उम्मेदवारी घोषणा


सञ्चार डबली
  • आइतबार, भदौ २ २०८१
  • 13.4K
    SHARES

  • images
    टानको नयाँ कार्यसमिति निर्वाचन : सागर पाण्डे समूहद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

    आइतवार, भदौ २, २०८१

    काठमाडौँ, २ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    टानको आगामी भदौ १७ गते हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापा, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ यस्तै कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गर्नुभयो ।

    अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्नेगरी ‘बृहद् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो । उहाँले पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसाययिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उम्मेदवारी घोषणासभामा टानका अध्यक्ष नीलहरि बाँस्तोलाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सबै हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend