२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षाको सम्भावना


सञ्चार डबली
  • बिहीबार , साउन २४ २०८१
  • 8.0K
    SHARES

  • images
    आजको मौसम : देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षाको सम्भावना

    बिहीबार, साउन २४, २०८१
    काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ ।

    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति देशभर साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend