२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

११३ अकंले बढ्यो बजारः परिसूचक २६८१ बिन्दुमा, के नयाँ रेकर्ड तिर लम्किदै छ पुँजीबजार ?


सञ्चार डबली
  • आइतबार, साउन १३ २०८१
  • 7.2K
    SHARES

  • images
    ११३ अकंले बढ्यो बजारः परिसूचक २६८१ बिन्दुमा, के नयाँ रेकर्ड तिर लम्किदै छ पुँजीबजार ?

     

    काठमाडौँ, साउन १३ । आज दुई पटक सकारात्मक सर्किट लागेको शेयर बजारमा उत्साहको माहोल सिर्जना भएको छ । कारोबार सुरु भएको एकमिनेट बजार ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो भने पुन खुल्ने वित्तीकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भएको थियो । सो पश्चात बजारमा निरन्तर कारोबार भइरहेको छ ।

    मौद्रिक नीति मार्फत राष्ट्र बैैंकले शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गरेसँगै मार्केटमा रौनक देखिएको हो । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज भएको छ । ब्याजदर बढ्न नदिने ब्यवस्था समेत रहेको छ ।

    मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने अपेक्षामा बैंकको शेयर मूल्य वृद्धि भएको शेयर विश्लेषकहरुको धारणा रहेको छ। बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ । वाणिज्य बैंकमा आएको वृद्धिले आज दोहोरो चरणसम्म सर्किट लागेको छ।

    बजारले अब सकारात्मक यात्रा नै तय गर्ने आम लगानीकर्ताको भनाइ रहेको छ । बजारले नयाँ रेकर्ड राख्ने तर्क जानकारहरुले गर्दै आइरहेको छन् । अर्थमन्त्री विष्णु पौडेल आएदेखि खुसीयाली आएको बजारमा मौद्रिक नीतिले थप राहत दिएको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अकं अर्थात् ४.४१ प्रतिशतले बढेर २६८१.५६ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

    आइतबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ । यता, माइक्रोफाइनान्स समूहको शेयर मूल्य मात्र घटेको छ ।

    यसदिन २१ कम्पनीको शेयरमा सर्किट लागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend