२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


सञ्चार डबली
  • बिहीबार , साउन १० २०८१
  • 6.0K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


    काठमाडौं । आज कालीमाटीमा आलु, गोलभेडा, च्याउ, गाजर, माछादेखि किवि आभोकाडोसम्मको भाउ बढेको छ । यसअघि प्रतिकेजी ७० रुपैयाँ रहेको ठुलो नेपाली गोलभेडाको भाउ बढेर ७५ रुपैयाँ, सानो लोकल गोलभेडा २७ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ३७ रुपैयाँ ५० पैसा पुगेको छ भने रातो आलुको भाउ ७० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, लोकल गाजर प्रतिकेजी ९५ रुपैयाँ, डल्लो भन्टा ८५ रुपैयाँ, हरियो प्याज १९० रुपैयाँ, डल्ले च्याउ ३६६ रुपैयाँ ६७ पैसा, जिरीको साग ४७६ रुपैयाँ ६७ पैसा, सेलरी २७६ रुपैयाँ ६७ पैसा र सौफको साग २७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    यसैगरी, अनार प्रतिकेजी ३७६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७५ रुपैया, किवि ४७६ रुपैयाँ ६७ पैसा, आभोकाडो ५७६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४६६ रुपैयाँ ६७ पैसा र छडी माछा २५० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend