२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा 


सञ्चार डबली
  • आइतबार, साउन ६ २०८१
  • 6.6K
    SHARES

  • images
    ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा 

     

    काठमाडौं ।  ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो  डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

    शुक्रबार सोही पुरानो दमकलका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्ष देखि यसको पार्टस नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए । 

    उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ ।’

    दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए । साथै उक्त दमकल छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल भएको पनि उनले जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend