२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिजी नेटको अत्याधुनिक WiFi–6 प्रविधिमा आधारित सेवा संचालनमा


सञ्चार डबली
  • आइतबार, साउन ६ २०८१
  • 11.6K
    SHARES

  • images
    सिजी नेटको अत्याधुनिक WiFi–6 प्रविधिमा आधारित सेवा संचालनमा

    काठमाडौँ , ६ श्रावण २०८१

    काठमाडौँ - सुलभ र गुणस्तरीय इन्टरनेट सेवाप्रदायक CGNET ले उच्चगतिको अत्याधुनिक WiFi–6 उपकरण सहितको सेवा घोषणा गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्चगतिका साथ एकै पटकमा १५ देखि २० जना सम्म प्रयोगकर्तालाई सुरक्षाको हिसाबले कम जोखिम र उच्चगतिको इन्टरनेट सेवा प्रवाह क्षमताका साथै अन्य थप आकर्षक विशेषता भएको यो प्रविधिले ग्राहकको सुरक्षित र उच्चगतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने जिकिर कम्पनीले गरेको छ ।

    सुलभ मुल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवाप्रदान गरिरहेको CGNET ले हाललाई यो प्रविधि र सेवा काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा बिस्तार भएका स्थानहरुमा उपलब्ध गराइने जनाएको छ । आफ्ना विद्यमान ३५० एमविपीएस भन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमविपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यहि श्रावण ११ गते सम्मको लागि निशुल्क यो प्रविधि उपलब्ध गराउने घोषणा गरेको कम्पनीले बाँकी ग्राहकहरुको लागि ६६६ एमबिपिएस इन्टरनेटको बार्षिक रु.१९,४४९ र ६६७ एमबिपिएस इन्टरनेट र आईपी टिभीको रु.२३,७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ ।

    आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्चमागलाई सम्बोधन गर्न यो सेवा सुरुवात गरेको जनाउदै यो प्रविधिले आफ्ना ग्राहक र नेपालीलाई विश्वव्यापी प्रविधिको अग्र भागमा पुर्याउने दावी CGNET ले गरेको छ । न्युनतम शुल्कमा उच्चगतिको भरपर्दो इन्टरनेट सेवा नेपाल भरि बिस्तारको योजनामा रहेको यस CGNET WiFi–6 को सुरुवातले ग्राहकको माग र सन्तुष्टि प्रति थप जिम्मेवार छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

    प्रविधि र सेवा सम्बन्धी थप जानकारी CGNET को आफ्नो वेवसाइटमा राखिएको छ वा ग्राहक बर्गले यस कम्पनीको ग्राहक सेवा प्रतिनिधी संग सिधै सम्पर्क गरेर पनि यो प्रविधि र सेवाको बारेमा जानकारी लिन सक्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend