२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, लक्ष्यमा पुग्न सकेन सरकार


सञ्चार डबली
  • मंगलबार, साउन १ २०८१
  • 6.8K
    SHARES

  • images
    राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, लक्ष्यमा पुग्न सकेन सरकार


    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०–८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको छ ।

    तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँबराबर राजस्व संकलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्यांकले देखाएको छ ।

    अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend