२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चालु आवमा दोब्बरले बढ्यो वैदेशिक लगानी,  कुन देशबाट कति भित्रियो ?


सञ्चार डबली
  • सोमबार, असार ३१ २०८१
  • 7.7K
    SHARES

  • images
    चालु आवमा दोब्बरले बढ्यो वैदेशिक लगानी,  कुन देशबाट कति भित्रियो ?


    काठमाडौं । चालुु आर्थिक वर्ष मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो ।

    गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी व्रmमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

    ११ महिनामा पुुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम रहेको थियो ।

    चालुु आवको ११ महिनामा ४४ अर्ब ३४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत आवमा ३८ अर्ब लगानी प्रतिबद्धता आएको थियो । ११ महिनामा ३१९ वटा परियोजनामार्फत कुुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ ।

    भारतबाट १८ वटा परियोजनाबाट दुुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै अमेरिकाबाट १५ वटा परियोजनामार्फत एक अर्ब ५१ करोड ९३ लाख ९८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । हङकङबाट दुई वटा परियोजनामा ४२ करोड, सिँगापुरबाट तीन वटा परियोजनामार्फत एक अर्ब ४१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । युुनाइटेड अरब इमिरेट्सबाट दुुई वटा परियोजनामार्फत ५० करोड रुपियाँ, नेदरल्यान्ड्सबाट  तीन वटा परियोजनामा ११ करोड ४४ लाख रुपियाँ,  भियतनामबाट दुुई वटा परियोजनामार्फत ३० करोड रुपियाँ लगानी प्रतिबद्धता आएकोे विभागले जनाएको छ ।

    वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्य तीन र ऊर्जामा एकमा विदेशी लगानी आएको छ । सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आउने गरेको छ ।

    विभागका अनुसार विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २१९ परियोजनामा चार खर्ब ९४ अर्ब ४० करोड ८७ लाख ५७ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । मुुलुकमा लगानी गर्छुु भनेर प्रतिबद्धता गर्ने तर सो अनुसार न्यूून मात्र लगानी भित्रिने गरेको बताइएको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत वैदेशिक लगानी नेपाल भित्रिने गरेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend