२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्यः बढ्यो आलु, प्याजको भाउ


सञ्चार डबली
  • सोमबार, असार ३१ २०८१
  • 8.1K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्यः बढ्यो आलु, प्याजको भाउ


    काठमाडौं । आज काठमाडौँमा आलु, प्याज, गाजर, काउलीदेखि बन्दासम्मको  भाउ बढेको छ । यसअघि प्रतिकेजी ५६ रुपैयाँ ३३ पैसा रहेको रातो आलुको भाउ बढेर आज ७० रुपैयाँ पुगेको छ भने रातो आलु भारतीय प्रतिकेजी ५९ रुपैयाँ ३३ पैसा पुगेको छ । यता, मुडेको आलुसमेत प्रतिकेजी ४९ रुपैयाँबाट बढेर ५१ रुपैयाँ ३३ पैसा पुगेको छ भने सेतो आलुको भाउ स्थिर रहेको छ ।

    आज सुकेको प्याज प्रतिकेजी ९३ रुपैयाँ ८० पैसा पुगेको छ भने लोकल गाजर प्रतिकेजी ९६ रुपैयाँ कायम भएको छ । यसैगरी लोकल बन्दा २७ रुपैयाँ ६७ पैसा रहेकोमा ९८.७७ प्रतिशतले बढेर प्रतिकेजी ५५ रुपैयाँ पुगेको छ भने ४५ रुपैयाँ पर्ने स्थानीय काउलीलाई आज ५६ रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend