२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • आइतबार, असार ३० २०८१
  • 7.3K
    SHARES

  • images
    चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन

    काठमाडौँ, असार ३० । चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन हो।चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेटमा १३ खर्ब ९७ अर्ब रुपैयाँ मात्रको खर्च भएको छ। यो विनियोजन गरेको बजेटको तुलनामा ७९.८१ प्रतिशत मात्रै खर्च हो।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्था अनुसार असार मसान्तको दिन भुक्तानी गर्न रोक लगाइएको छ।

    नियमावली नै अधिकांश भुक्तानी आर्थिक वर्ष सकिनु भन्दा एक हप्ता अघि नै क्लियर गर्ने व्यवस्था गरेको छ। अनिवार्य दायित्व र अन्तिम समयमा रकमान्तर तथा स्रोतान्तर गरिएको असार मसान्तभन्दा अघिल्लो दिनसम्म क्लियर गर्नु पर्ने व्यवस्था गरेको छ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्ने व्यवस्था गरेको छ।

    जसको उपनियम १ मा ‘विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ।

    अघिल्लो वर्ष अन्तिम साता पनि ५५ अर्ब रूपैयाँको भुक्तानी गरिएकोमा यो वर्ष यस्तो भुक्तानी दायित्व न्यून रहेको महालेखाले जनाएको छ। सह महालेखा नियन्त्रक नारायण सापकोटाका अनुसार मुख्य दुई प्रकारका बिल आज क्लियर हुन सक्नेछन्। पहिलो, अनिवार्य दायित्वको बिल हो। यस अन्तर्गत विशेष गरी तालिकाअनुसार सार्वजनिक ऋणको सावा वा ब्याज भुक्तानी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend