२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

११ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब साढे ५६ अर्ब, कसको कति ? 


सञ्चार डबली
  • शनिबार, असार २९ २०८१
  • 6.3K
    SHARES

  • images
    ११ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब साढे ५६ अर्ब, कसको कति ? 

     

    काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ रहेको छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

    सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ तथा नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । जेठसम्म प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अधिक तरलताका कारण बैंकहरुको नाफा घट्दो क्रममा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend