२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

१४ वटा निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब, कुनको कति ?


सञ्चार डबली
  • शुक्रबार, असार २८ २०८१
  • 7.8K
    SHARES

  • images
    १४ वटा निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब, कुनको कति ?


    काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब २३ करोड ८६ लाख रुपैयाँ बीमितहरुलाई दावी भुक्तानी दिन बाँकी रहेको छ । हालसम्म यी कम्पनीहरुबाट एक लाख दुई हजार १३४ वटा बीमा पोलिसीको दावी भुक्तानी बक्यौता देखिएको छ ।

    तथ्याङ्क अनुसार सबैभन्दा धेरै बक्यौता राख्ने कम्पनीको सूचिमा सगरमाथा लुम्बिनी ९सलिको० परेको छ भने बीमा दावी भुक्तानीको बक्यौता सबैभन्दा कम बनाएर बीमितको विश्वास जित्ने कम्पनीका रुपमा प्रभु इन्स्योरेन्स कम्पनी पर्न सफल भएको छ ।

    कम्पनीहरुबाट लिइएको तथ्याङ्क अनुसार सगरमाथा लुम्बिनी (सलिको) को दावी भुक्तानी बक्यौता भयावह रहको देखिएको छ । हालसम्म सो कम्पनीको दावी भुक्तानी तीन अर्ब ७० करोड ३३ लाख रुपैयाँ रहेको देखिएको छ । कम्पनीले १४ हजार २०५ जना बीमितहरुलाई सो रकम भुक्तानी गर्न बाँकी छ ।

    त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई अर्ब २२ करोड आठ लाख रुपैयाँ बक्यौता रहँदा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता एक अर्ब ९९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता एक अर्ब ७९ करोड रहेको छ ।

    चालु आवको ११ महिनाको अवधीसम्मको तथ्याङ्क अनुसार सानिमा जिआईसीको दावी भुक्तानी बक्यौता एक अर्ब ५६ करोड, नेको इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता एक अर्ब ४७ करोड, हिमायन एभरेष्ट इन्स्योरेन्स कम्पनीको बक्यौता एक अर्ब ४५ करोड, राष्ट्रिय बीमा कम्पनीको बक्यौता एक अर्ब ४३ करोड रहेको छ ।

    त्यस्तै, युनाईटेड अजोड इन्स्योरेन्सको बीमा दावी भुक्तानी बक्यौता एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको बक्यौता रकम एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनीको बक्यौता दावी भुक्तानी ७३ करोड रुपैयाँ मात्र रहेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको बक्यौता रकम ६१ करोड ३९ लाख रुपैयाँ मात्रै रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend