२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स


सञ्चार डबली
  • बिहीबार , असार २७ २०८१
  • 6.8K
    SHARES

  • images
    ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

     

    काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।

    रिपोर्टका अनुसार जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

    समीक्षा अवधिमा चालू खाता २०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend