२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय सम्झौता, उच्च शिक्षाका लागि जापान जानेले सहजै कर्जा पाउने


सञ्चार डबली
  • बुधबार, असार २६ २०८१
  • 7.5K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय सम्झौता, उच्च शिक्षाका लागि जापान जानेले सहजै कर्जा पाउने

    बुधवार, असार २६ २०८१
    काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडबाट उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरूले अब सहजै कर्जा पाउने भएका छन् । ग्लोबाल आइएमई बैंक, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएसँगै विद्यार्थीहरूले यस्तो अवसर पाउने भएका हुन् ।

    उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

    बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरूलाई वित्तीय ब्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

    यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिषा शुल्क लगायतका भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गए पश्चात् विद्यार्थीहरूले जापानबाट आफ्नो देशमा आइएमईबाटै सरलताका साथ पैसा पठाउन सक्नेछन् ।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । 

    ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४८ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend