२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा संघीय सांसदहरूका लागि वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम आयोजना


सञ्चार डबली
  • बुधबार, असार २६ २०८१
  • 8.0K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकद्वारा संघीय सांसदहरूका लागि वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम आयोजना

    बुधवार, असार २६ २०८१
    काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा संघीय संसदका सदस्यहरूका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ । संघीय संसदको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिबी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले सांसदहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रूपमा सहजीकरण गरेका थिए ।

    उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता  बढेको बताउँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले राष्ट्रिय वाणिज्य बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए ।

    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्दाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङ्गका बारेमा बताए । उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरूले जिज्ञासा राखेका थिए ।

    उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । 
     
    बैंकको हाल ७७ जिल्लामा २८८ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend