२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौं महानगरको आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मतले पारित


सञ्चार डबली
  • मंगलबार, असार २५ २०८१
  • 6.5K
    SHARES

  • images
    काठमाडौं महानगरको आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मतले पारित

    काठमाडौँ, असार २५ । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको १५ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको महानगरका मेयर बालेन्द्र साहले घोषणा गरे ।

    आगामी आर्थिक वर्षमा महानगरले १० वटा गौरवको योजना र २५ वटा स्वर्णिम योजना समावेश गरेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट पारित गर्नुअघि छलफल चलाइएको थियो ।

    मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको उक्त बैठकले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि सर्वसम्मतले पारित गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend