२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बुद्ध एयरले भित्र्यायो १८औँ एटीआर–७२ जहाज 


सञ्चार डबली
  • शनिबार, असार १५ २०८१
  • 8.7K
    SHARES

  • images
    बुद्ध एयरले भित्र्यायो १८औँ एटीआर–७२ जहाज 

     

    काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज थप गरेको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको जनाएको छ । 

    आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान थप गरिने भएको छ । 

    बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो । 

    जोशीले सहज भाडादर कायम गरी उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरेका छन् । बुद्ध एयरले अहिले आन्तरिकतर्फ १ सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend