२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षमा कति बिमा शुल्क आर्जन गरे ? 


सञ्चार डबली
  • शुक्रबार, असार १४ २०८१
  • 7.0K
    SHARES

  • images
    जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षमा कति बिमा शुल्क आर्जन गरे ? 

     

    काठमाडौं । चालु आर्थिक वर्षमा जीवन बिमा कम्पनीले १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आवमा १४ बिमा कम्पनीले उक्त रकम बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो अवधिमा जीवन बीमा कम्पनीले २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका छन् ।

    १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नवीकरणीय बिमा शुल्क आर्जन गरे ११ महिनाको अवधिमा बिमा कम्पनीहरुले १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमा लेख सक्रिय रहेको छ ।

    बिमा प्राधिकरणका अनुसार जेठ महिना मात्रै १४ बिमा कम्पनीले १२ अर्ब २६ करोड ६३ लाख रुपैयाँको कुल बिमा शुल्क आर्जन गरेका छन् । जसमा प्रथम बिमा शुल्क ३ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ र नवीकरणीय बिमा शुल्क ८ अर्ब ९३ करोड २१ लाख रुपैयाँ संकलन गरेका छन् ।

    यो अवधिमा बिमा कम्पनीहरुले ४ लाख ३० हजार ६९९ वटा बीमा पोलिसी जारी गरेका छन् । प्राधिरकणका अनुसार जेठ महिनामा राष्ट्रिय जीवन बिमा कम्पनीले २ करोड ९३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ४४ करोड १ लाख, नेपाल लाइफले ८३ करोड २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३५ करोड ७१ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका हुन् ।

    प्राधिकरणका अनुसार जेठ मसान्तसम्म मेट लाइफले ११ करोड १६ लाख, एशियन लाइफले १८ करोड २६ लाख, आइएमई लाइफले १४ करोड ७१ लाख, सन नेपाल लाइफले १७ करोड ९१ लाख, रिलायबल नेपाल लाइफले १३ करोड ९२ लाख, सिटिजन लाइफले १६ करोड ९५ लाख, सूर्यज्योति लाइफले २३ करोड १९ लाख, सानिमा रिलायन्सले १८ करोड २९ लाख, हिमालयन लाइफले २३ करोड ५ लाख र प्रभु महालक्ष्मीले १० करोड रुपैयाँको बिमा शुल्क आर्जन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend