२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

८ अंकले घट्यो सेयरबजार, पौने ४ अर्बको कारोबार


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 8.0K
    SHARES

  • images
    ८ अंकले घट्यो सेयरबजार, पौने ४ अर्बको कारोबार


    काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार एकल अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन बुधबार सेयर बजार ११.६० अंकले घटेको थियो।साताको पहिलो कारोबार दिन आइतबार परिसूचक ५.३७ अंकले घट्दा सोमबार र मंगलबार दुईदिन सामान्य अंकले बढेको थियो।

    सेयर बजार ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। ३३३ स्क्रिप्सको ८९ लाख  १ हजार १९५ कित्ता सेयर  ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँमा खरिदबिक्री भयो।बुधबार ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

    त्रिशूली जलविद्युत कम्पनीको सेयर सर्वाधिक ७.०९ प्रतिशतले बढ्यो। नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स नै शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    हिमालयन रिइन्स्योरेन्सको २१ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा युनाइटेड  आइडीएल मार्दी आरबी हाइड्रोपावरले १२ करोड,पोखरा फाइनान्सले ८ करोड र जानकी फाइनान्सले ७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

    बैंकिङ,म्युचुअल फण्ड र अदर्श समुहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन् । कारोबारमा आएका ४७ स्टकको मूल्य बढ्दा १८८ वटाको घट्यो भने ११ वटाको मूल्य भने स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend