२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन नेपालमा, ५० लाख मूल्य


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 12.1K
    SHARES

  • images
    ‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन नेपालमा, ५० लाख मूल्य

    काठमाडौं, असार १३ । नेपाली अटो बजारमा ‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन भित्रिएको छ । सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले बुधबारदेखि बिक्री सुरु गरेको हो ।

    कम्पनीले दुई भेरियन्टमा नयाँ सेरेस थी उपलब्ध गराएको हो । जसमा कम्फर्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

    २६५५ एमएम ह्विलबेस भएको गाडीको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४३८५, १८५० र १६५० एमएम छ । त्यस्तै ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । कारमा पाँच ओटा सिट राखिएको छ । यसमा ९९ किलोवाट क्षमताको पीएमएसएम मोटर रहेको छ । ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको गाडीले सिङ्गल चार्जमा ४०५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

    ईपीएस (इलेक्ट्रिक पावर स्टेरिङ) स्टेरिङ भएको सेरेस थ्रीका चार ओटै चक्कामा डिस्क ब्रेक समावेश छ । नयाँ मोडल सार्वजनिक गर्दै एमएडब्लू ग्रुपका चेयरम्यान विष्णुकुमार अग्रवालले आधुनिक विद्युतीय गाडी उपभोक्तालाई दिने कम्पनीको योजनमा नयाँ सेरेस थप मजवुद रहने बताए ।

    प्रिमियममा वायरलेस मोबाइल चार्जिङ, फ्रन्ट कोलाइजन वार्निङ, ३६० क्यामेरा जस्ता सुविधा दिइएको छ । डे टाइम रनिङ लाइट्स र एलईडी हेडलाइट्स, किलेस इन्ट्री, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधा दुवै भेरियन्टका गाडीमा पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend