२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पाकिस्तान सरकारको प्रतिबद्धताः नेपालका पहाडी क्षेत्रमा फलेका फलफूलको बजारीकरणमा सहयोग गर्ने


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 7.4K
    SHARES

  • images
    पाकिस्तान सरकारको प्रतिबद्धताः नेपालका पहाडी क्षेत्रमा फलेका फलफूलको बजारीकरणमा सहयोग गर्ने


    काठमाडौं । नेपालका पहाडी क्षेत्रमा फलेका स्थानीय फलफूलको बजारीकरणमा सहयोग गर्ने  पाकिस्तान सरकारले प्रतिबद्धता जनाएको छ । महिला उद्यमी महासंघले नुवाकोटमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मीले नेपालका अधिकांश पहाडी क्षेत्र खाली रहेको र यहाँ व्यवसायिकरूपमा फलफूल खेती गर्न सकिने बताए ।

    राजदूत हास्मीले भने, पाकिस्तानका पहाडी क्षेत्रमा स्थानीय फलफूलको व्यवसायिक खेती हुने गरेको छ । नेपालका पहाडी क्षेत्रमा पनि यो सम्भावना देखिन्छ । यहाँ फलफूल उत्पादन र बजारीकरणका लागि हामी सहयोग गर्न तयार छौं ।  

    नुवाकोट र रसुवाका करिब २ सय महिला उद्यमी सहभागी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले महिला उद्यमीको जमघटले उत्साहित बनाएको बताए । स्थानीय तहसँग समन्वय गरेर आगामी दिनमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने गरीको कार्यक्रम तर्जुमा गर्ने उनको प्रतिबद्धता थियो ।  

    सोही कार्यक्रममा डिभिजन वन कार्यालय नुवाकोटकी प्रमुख रोशना पोख्रेलले महिला उद्यमीलाई आत्मनिर्भर बनाउन आफू र वन कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताएकी छन् । 

    महिला उद्यामी महासंघकी द्वितीया उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्ष एवं जिल्ला शाखाकी फोकल पर्सन वसन्ती प्रधानसहितका पदाधिकारीसमेत सहभागी उक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष शोभा ज्ञवालीले पछिल्लो समय महिला उद्यमीहरुको विषयमा सरकारसमेत गम्भीर देखिनु उत्साहजनक रहेको बताइन् । स्थानीय तहको साथसहयोग बिना उत्पादन र बजारीकरण सहज नहुने चर्चा गर्दै अध्यक्ष ज्ञवालीले सातै प्रदेशमा बजार विस्तार हुन सके महिलाहरु आत्मनिर्भर हुन समय नलाग्ने उल्लेख गरिन् । नुवाकोट र रसुवा पर्यटनको हिसाबले समेत उच्च सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको उर्वर भूमिमा उत्पादनमूलक काम गर्न सके देशको समृद्धिका लागि समेत सहयोग पुग्ने अध्यक्ष ज्ञवालीको भनाइ थियो ।  

    उक्त अवसरमा महासंघले नुवाकोट र रसुवाका महिला उद्यमीहरुको उपस्थितिमा एक दिने वर्कसप समेत सञ्चालन गरेको थियो । उक्त वर्कसपमा स्थानीयस्तरका उत्पादन, सम्भावना, चुनौती र अवसरबारे छलफल भएको थियो ।  

    भेलामा उद्योग वाणिज्य संघ नुवाकोट अध्यक्ष रमेश श्रेष्ठ, नुवाकोट चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधान, घरेलु तथा साना उद्योग नुवाकोटका प्रमुख वृन्दा श्रेष्ठ, एकल महिला सञ्जालकी प्रतिनिधि वृन्दा श्रेष्ठसमेतको उपस्थिति थियो ।      


    महिला उद्यमी महासंघको ६७औं शाखा रसुवामा स्थापना

    महिला उद्यमी महासंघ नेपालले रसुवामा शाखा विस्तार गरेको छ । पाकिस्तानी दूतावासको सहयोगमा महासंघले ६७औं शाखा रसुवामा खोलेको हो । आफ्नो स्थापनाको २० वर्षभित्र ७७ जिल्लामध्ये ६७ वटामा शाखा खोलेको महासंघ अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । महासंघले पछिल्लो ८ महिनामा मात्रै ८ वटा जिल्लामा शाखा विस्तार गरेको उनको भनाइ छ ।


    महिला उद्यमी महासंघ नेपालले २० वर्षदेखि महिला उद्यामीहरुको हकअधिकार सुनिश्चित गर्दै देशैभरका महिला उद्यमीहरुलाई उद्यमशिलतामार्फत् सामाजिक तथा आर्थिकरूपमा बलियो बनाउनेगरी कार्यक्रम गर्दै आएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend