काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४५ सम्मको आकर्षक छुट पाउनेछन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।


