२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विदेशमा रहेका विभिन्न धितोपत्र खरिदमा राष्ट्र बैंकको ९ खर्ब बढी लगानी


सञ्चार डबली
  • बुधबार, असार १२ २०८१
  • 7.9K
    SHARES

  • images
    विदेशमा रहेका विभिन्न धितोपत्र खरिदमा राष्ट्र बैंकको ९ खर्ब बढी लगानी


    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका विभिन्न धितोपत्र खरिदमा ९ खर्ब रुपैयाँभन्दा धेरै लगानी गरेको छ। राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म यस्तो लगानी कुल ९ खर्ब २७ अर्ब ७२ करोड ४८ लाख ४७ हजार ३७९ रुपैयाँबराबर पुगेको हो।

    पछिल्लो ११ महिनामा मात्रै केन्द्रीय बैंकले २ खर्ब ६७ अर्ब रुपैयाँ लगानी गरेको छ। गत आर्थिक वर्षमा बैंकले ६ खर्ब ६० अर्ब ३४ करोड ९५ लाख ५ हजार ५७१ रुपैयाँ लगानी गरेको थियो ।

    यस्तै निश्चित समयावधिका लागि गरिने आवधिक निक्षेपअन्तर्गत राष्ट्र बैंकले कुल ६ खर्ब ४१ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको छ। गत असार मसान्तसम्म ५ खर्ब २२ अर्ब रुपैयाँ टर्म डिपोजिटको रुपमा बैंकले विदेशमा रहेको बैंकमा निक्षेपमा रकम राखेको थियो ।

    सुनमा भने राष्ट्र बैंकले ८० अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ। गत वर्ष ६६ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको बैंकले चालू आवको ११ महिनामा सुनमा हुने लगानीलाई बढाएको छ। समग्रमा चालू आवको ११ महिनामा बैंकले विदेशी धितोपत्र खरिद, सुन र विदेशी बैंकमा राख्ने निक्षेपको हिस्सा बढाएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend