२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सानिमा बैङ्क र  नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच विषेश सम्झौता


सञ्चार डबली
  • मंगलबार, असार ११ २०८१
  • 7.3K
    SHARES

  • images
    सानिमा बैङ्क र  नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच विषेश सम्झौता

     

    काठमाडौं । सानिमा बैङ्कले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सानिमा बैङ्क र नेपाल क्लियरिङ हाउसबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    उक्त सम्झौता पत्रमा सानिमा बैङ्कका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लि।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । 

    सो सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसिएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैङ्कको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ । सानिमा बैङ्कका देशका सातै प्रदेशमा १३३ कार्यालयहरू तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend