२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बैंकको खराब कर्जा बढ्नुमा आर्थिक शिथिलता मूख्य कारण : गभर्नर


सञ्चार डबली
  • सोमबार, असार १० २०८१
  • 9.1K
    SHARES

  • images
    बैंकको खराब कर्जा बढ्नुमा आर्थिक शिथिलता मूख्य कारण : गभर्नर

    काठमाडौं, असार १० । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकको खराब कर्जा बढनुमा आर्थिक शिथिलता मूख्य कारण रहेको बताएका छन्। साथै उनले कर्जा बृद्धि नहुँदा पनि खराब कर्जा बढेको बताए ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    मोनिटरिङ र रिफर्मको कारणले पनि सहि तथ्यांक बाहिर आउदा खराब कर्जा बढेको उनले बताए। साना व्यवसाय र निर्माण छेत्रमा बढी खराब कर्जा रहेको उनले बताए। 

    उनले बैंकको न्यूनतम नाफा सुनिश्चित हुनुपर्नेमा जोड दिंदै अहिले आरओआई(रिर्टन अन इन्भेष्टमेन्ट) ८ प्रतिशतभन्दा तल झरेको र यो बैंकको ब्याजदरकै हाराहारीमा रहेका बताए। यो नाफा कम भएको उनको भनाइ थियो।  उनले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन कठिनाई हुने बताए ।

    उनले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्तिसहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend