२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूलाई छुट प्रदान


सञ्चार डबली
  • सोमबार, असार १० २०८१
  • 5.0K
    SHARES

  • images
    एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूलाई छुट प्रदान

    काठमाडौं, असार १० । एनआईसी एशिया बैंकले कर्जा लिएका ग्राहकहरूलाई छुट प्रदान गर्ने बिशेष योजना सार्वजनिक गरेको छ । बैंकले भाका नाघेका कर्जा ग्राहकहरूलाई ब्याजमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

    योजना अनुसार २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही महिनाको मसान्तसम्ममा चुक्ता भुक्तान गरे बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिनेछ।

    साधारण बक्यौता ब्याज रकममा समेत बैंकले विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। बैंकले भाखा नाघेका ऋणीलाई ९१ दिनदेखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेका ऋणीलाई ३५ प्रतिशतसम्म छुट दिने भएको छ ।

    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्ने ग्राहकका लागि यो योजना फलदायी हुने बैंकको विश्वास छ।

    देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउनका लागि उक्त  योजना ल्याएको हो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend