२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लघुवित्त तथा बैंकहरुले लिएको मनोमानी व्याज फिर्ता गर्नुपर्छ : प्रभु साह


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 6.3K
    SHARES

  • images
    लघुवित्त तथा बैंकहरुले लिएको मनोमानी व्याज फिर्ता गर्नुपर्छ : प्रभु साह

    काभ्रे , असार  ८  । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित्त तथा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता हुनुपर्ने बताएका छन् । 

    पार्टीको ताम्सालिङ-नेवा प्रदेश कमिटीले शनिवार काभ्रेको बनेपामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मनोमानी ब्याज फिर्ता  गराउन आम जनताले सशक्त सङ्घर्ष गर्ने बताए । 

    अध्यक्ष साहले भने, "अहिले देशमा बैंकहरुले आम सर्वसाधारण जनताको बचतको पैसा खुलेआम लुटिरहेको स्थिति छ । बैंकका मालिकहरू नै अन्य विभिन्न व्यापार - व्यवसायमा लगानी गर्न एक-अर्काको बैंकबाट सहुलियत कर्जा लिने तथा नेपाली जनताको करको पैसा र बचतकर्ताको बचत पैसालाई गिरोह बनाएर दोहन गर्न तल्लीन छन् । यो स्थितिलाई बदल्न बैंक मालिकहरूले बैंकबाट ऋण लिन नपाउने व्यवस्था गर्नुपर्छ ।"

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै शम्भु प्रसाद तिमल्सिना, वीरबहादुर तामाङ, राजेन्द्र तामाङ, विवेक नेपाली, राजु तामाङ, सानु कान्छा तामाङ, विजय लामा, अशोक श्रेष्ठ लगायतका दर्जनौँ नेता कार्यकर्ताहरु विधिवत रूपमा पार्टी प्रवेश समेत गरेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend