२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दुध किसानलाई भुक्तानी दिन कृषिमन्त्रालयद्वारा ६० करोड माग, पाउलान् त किसानले दुधको भुक्तानी ? 


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 8.2K
    SHARES

  • images
    दुध किसानलाई भुक्तानी दिन कृषिमन्त्रालयद्वारा ६० करोड माग, पाउलान् त किसानले दुधको भुक्तानी ? 


    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानको बक्यौता रहेको रकम भुक्तानी गर्न थप ६० करोड रुपैयाँ माग गरेको छ।दुध बिक्री गरेवापत रकम भुक्तानी गर्नु पर्ने माग राखेर दुग्ध किसानहरू बुधबारदेखि दुग्ध विकास संस्थान(डिडीसी) मा घेराउ गरी आन्दोलन गर्दै आएका छन् । आन्दोलन शुक्रबार पनि जारी छ।

    शुक्रबार आन्दोलनको क्रममा मन्त्रालयका उच्च तह र आन्दोलनरत किसानबीच वार्ताको क्रममा किसानलाई भुक्तानी गर्न थप ६० करोड रुपैयाँ माग गरिएको हो ।यसैगरी डीडीले मौज्दात रहेको घिउ, बटर र पाउडर बिक्री गर्न टेन्डर खुल्ने निर्णय पनि भएको छ।यसै गरी निजी क्षेत्रले भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण विवरण मन्त्रालयमा बुझाउने पनि निर्णय भएको छ।वार्ताको क्रममा आगामी सोमबार आन्दोलनरत किसानसंग वार्ता गर्ने सहमति भएको छ।

    यस अघि कृषि मन्त्री ज्वलाकुमारी साहको पहलमा अर्थ मन्त्रालयले ५ ५ ब्याजदरमा तल्कालीन समयमा अर्थ मन्त्रालयले वार्षिक ५ प्रतिशत ब्याजदरमा डीडीसीलाई ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

    डीडीसीले सरकारबाट प्राप्त गरेको ३० करोड र आन्तरिक स्रोतबाट ७ करोड परिचालन गरी ३७ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको थियो ।अब करिब सात महिनाको २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend