२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

निजी हवाइ सेवा कम्पनी श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान 


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 7.5K
    SHARES

  • images
    निजी हवाइ सेवा कम्पनी श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान 

     

    काठमाडौं । निजी हवाइ सेवा कम्पनी श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन–एओएम० को ८० सिटे नयाँ विमान थपेको हो ।

    उक्त विमान अमेरिकाबाट क्यानडा–इजिप्ट–ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको छ । श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।

    ८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले जानकारी दिए ।सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००र७०० तथा क्यु ४००– गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend