२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

क्लासिक टेकले सार्वजनिक गर्यो बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर 


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 8.2K
    SHARES

  • images
    क्लासिक टेकले सार्वजनिक गर्यो बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर 


    काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक गरेको छ। क्लासिक टेकले सेल पे वालेट भुक्तानी मार्फत् गर्दा उक्त अफर लागू हुने बताएको छ।

    यस अफरमा कम्पनीका ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरर्गत रोयल इन्फिल्ड क्लासिक ३५० बाइक जित्न सक्नेछन्।

    त्यति मात्र नभई हरेक महिना म्याकबुक, आइप्याड र एपल वाच जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ।

    उक्त अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबिपिएससहित २००ं एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी मात्र ७९९ रूपैयाँ प्रति महिना साथै नयाँ ग्राहकका लागि ३ महिनाको लागि २०० एमबिपिएस इन्टरनेट ३ हजार ३०० रूपैयाँमा पाइनेछ।

    यो अफरमा राउटर प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ। उक्त अफरहरू कात्तिक मसान्तसम्म मात्र रहेको कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend