२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दुई दिनसम्म यी स्थानमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने 


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 8.5K
    SHARES

  • images
    दुई दिनसम्म यी स्थानमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने 


    काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबा दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ । 

    मर्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो । प्राधिकरणले शनिबार मातातीर्थ,सतुंगल, मच्छेगाउँ,  फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । 

    यस्तै, भोलि (आइतबार) पनि  मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend