२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो काउली र ब्रोकाउली 


सञ्चार डबली
  • शुक्रबार, असार ७ २०८१
  • 8.5K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो काउली र ब्रोकाउली 


    काठमाडौं । आज काठमाडौँमा काउली प्रतिकेजी १० रुपैयाँ र ब्रोकाउली १४ रुपैयाँले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको ब्रोकाउलीको भाउ घटेर आज ९६ रुपैयाँमा झरेको छ भने स्थानीय काउली ४५ रुपैयाँ रहेकोमा हाल ३५ रुपैयाँ कायम भएको छ । 

    यसैगरी, ज्यापु काउली प्रतिकेजी ५५ रुपैयाँ रहेकोमा आज घटेर ४६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने ९० रुपैयाँ पर्ने भटमासकोशालाई आज ९५ रुपैयाँ पर्नेछ । यता, च्याउको भाउ भने आज बढेको छ । यसअघि प्रतिकेजी १५३ रुपैयाँ ३३ पैसा पर्ने कन्य च्याउलाई आज १८० रुपैयाँ, २९० रुपैयाँ पर्ने डल्ले च्याउलाई आज ३०० रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend