२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ? 


सञ्चार डबली
  • शुक्रबार, असार ७ २०८१
  • 7.7K
    SHARES

  • images
    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ? 


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको थियो । 

    यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीबार खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसाले कारोबार भएको थियो । आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसा रहेको छ । 

    बिहीबार खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसाले कारोबार भएको थियो । त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीबार खरिद दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको थियो । 

    त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसामा तोकिएको छ । बिहीबार खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend