२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मुल्य, काउलीको भाउ बढ्दा सस्तियो आँप


सञ्चार डबली
  • बिहीबार , असार ६ २०८१
  • 7.8K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मुल्य, काउलीको भाउ बढ्दा सस्तियो आँप


    काठमाडौं ।  आज काउलीको भाउ बढ्दा बोडीदेखि च्याउसम्मको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज काउलीको भाउ बढेको छ भने बोडीदेखि च्याउसम्मको भाउ घटेको हो ।यसअघि प्रतिकेजी ४६ रुपैयाँ तोकिएको स्थानीय काउलीको भाउ बढेर आज ६० रुपैयाँ पुगेको छ भने ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसाबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

    यता, तने बोडीको भाउ भने प्रतिकेजी ७५ रुपैयाँ रहेकोमा आज घटेर ४५ रुपैयाँमा झरेको छ । त्यस्तै, मकै बोडी प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ७५ रुपैयाँमा झरेको छ भने गुन्द्रुक प्रतिकेजी ३ सय रुपैयाँबाट २७६ रुपैयाँ ६७ पैसामा झरेको छ । 

    त्यस्तै, ब्रोकाउली प्रतिकेजी ११३ रुपैयाँ ३३ पैसा रहेकोमा आज घटेर ९५ रुपैयाँ, दसहरी आँप ९५ रुपैयाँबाट घटेर ८५ रुपैयाँ, मालदह आँप ८६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ७५ रुपैयाँमा झरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend