२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्रालीबीच विषेश सम्झौता


सञ्चार डबली
  • बिहीबार , असार ६ २०८१
  • 7.0K
    SHARES

  • images
    कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्रालीबीच विषेश सम्झौता


    काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच विषेश सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हो ।

    यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरबाट रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछन् ।

    यस सुविधाबाट ग्राहकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंकले जनाएको छ ।बैंकले  देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग इकाईहरू  सञ्चालन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend