२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

घुँगी व्यापारबाट राम्रो आम्दानी


सञ्चार डबली
  • बुधबार, असार ५ २०८१
  • 7.1K
    SHARES

  • images
    घुँगी व्यापारबाट राम्रो आम्दानी

    काठमाडौं, असार ५ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहेका छन् ।

    उनले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आएका छन् । मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताए । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ ।

    उनले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आएका छन् । उनका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन् । उनले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताए ।

    घुँगीको व्यापारबाट उनले मासिक २५ देखि ३० हजारसम्म आम्दानी हुँदै आएको जानकारी दिए । आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उनी सुनाउँछन् ।

    उनले घुँगी प्रतिकिलो एक सयमा बिक्री गर्दै आएका छन् । उनले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आएका छन् । उनले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आएको बताए । उनले भने, “घुँगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन् ।”

    गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताए । जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उनको बुझाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend