२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर, चाँदीको कति ?


सञ्चार डबली
  • बुधबार, असार ५ २०८१
  • 8.4K
    SHARES

  • images
    लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर, चाँदीको कति ?


    काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । 

    जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोही  मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend