२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 १८.७६ अंकले घट्यो सेयर बजार ,कारोबार कति ?    


सञ्चार डबली
  • मंगलबार, असार ४ २०८१
  • 6.8K
    SHARES

  • images
     १८.७६ अंकले घट्यो सेयर बजार ,कारोबार कति ?    

    काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ । 

    यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।

    मंगलबार १३ उपसमूहमा सबै घटेका छन् । वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेका छन् । १९८ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन् । यी दुई कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ । बाराही, भगवती,मेन्छियामलगायतका हाइड्रोपावरको सेयरमूल्य पनि घटेको छ । 

    जलविद्युत उपसमूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलव्दिुत कम्पनी नै परेको छ । वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

    ४० कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकता छन् । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन् । ९ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend