२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्था लि.बीच विषेश छुट सम्झौता 


सञ्चार डबली
  • सोमबार, असार ३ २०८१
  • 7.3K
    SHARES

  • images
    सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्था लि.बीच विषेश छुट सम्झौता 


    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्था लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पछि बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर ६० ओटा जिल्लामा सेवा प्रदान गर्ने योजनामा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend